रास्वपा महामन्त्रीमा क–कसले गरे दाबी ?

  • प्रकाशित मिति : २०८३ असार ११, बिहीबार
  • नेपाल टेल संवाददाता

रास्वपाको महामन्त्री पदमा बलियो प्रतिस्पर्धा हुने भएको छ ।

केन्द्रीय सदस्यको पूर्ण परिणाम सार्वजनिक भइनसक्दै आधा दर्जन बढी नेताहरुले महामन्त्री पदमा दावी गरेका छन् ।



विपिन आचार्य, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, मनिष झा, रञ्जु दर्शना, सागर ढकाल, प्रमोद न्यौपाने, गणेश कार्की लगायतले महामन्त्री पदमा दाबी गरेका छन् ।

बुर्लाकोटी निवर्तमान महामन्त्री हुन् । आचार्य निर्वतमान सहमहामन्त्री र झा प्रवक्ता हुन् ।

त्यस्तै, दुई उपसभापतिका लागि विराजभक्त श्रेष्ठ, तोषिमा कार्की, सोविता गौतम र लिमा अधिकारी दाबेदारका रूपमा देखिएका छन् । निर्वाचित हुने ३ सहमहामन्त्रीका लागि यज्ञमणि न्यौपाने, सागर ढकाल, रमेश प्रसाई र डा.अंकिता यादव दाबेदारका रूपमा अघि बढाएका छन् ।

१९ सदस्यीय रास्वपाको केन्द्रीय पदाधिकारीमा बाँकी पदमा भने सभापतिले मनोनयन गर्नेछन् । निर्वाचित हुने केन्द्रीय पदाधिकारी सहमतिमार्फत चयन गर्न नेतृत्वबिच छलफल भइरहेको बताइएको छ । यदि सहमति नजुटे मतदानको प्रक्रियामा जाने अन्तिम विकल्प बाँकी रहेको नेताहरूले बताएका छन्